Home / Nepal / News / जापानमा बस्ने नेपालीहरुले यसरी मनाए दशैं

जापानमा बस्ने नेपालीहरुले यसरी मनाए दशैं

जापान: पछिल्लो समय जापानमा नेपालीको जनसंख्या बढ्दै जादाँ नेपाली चाडपर्ब मनाउनेको संख्या समेत वृद्धि हुदैं गएको छ। दशैं तिहार लगायतका चाडपर्बमा काम तथा कलेज बाट बिदा लिएर मनाउने गर्न थालिएको छ।

नेपालीको संख्या वृद्धि हुदैं जाँदा सामुहिक रूपमा भेला भएर एक आपसमा चाडपर्ब मनाउनेको संख्या बड्दै गइरहेको छ। जापान आफैंमा बहु-संस्कृति भएको देशभएता पनि बिदेशीको संस्कृतिलाइ समेत चासोको रुपमा लिने गरिन्छ।

पछिल्लो समय करिब एक लाख नेपाली बसोबास गरिरहेको जापानमा कोरोना कहरका बिच दशैं मनाइएको छ।

नेपालीहरुको बाक्लो बसोबास रहेको टोकियो, ओसाका, फुकुओका, ओकिनावा जस्ता शहरहरुमा यहाँरहेका विद्यार्थीहरुले बिद्यालय बिदा लिएर नै मनाएका छ्न।

दशैंको पुर्बसन्ध्यामा टोकियो गुम्मा प्रान्तको मायोबासी भन्ने सहरमा नेपालीहरुले आयोजना गरेको दशैं पार्टीबाट कोरोना संक्रमण फैलिएको भन्ने समाचार आएपछि दशैं साबधानी पुर्बक मनाइएको ओसाका स्थित निस्से निहोनगो गाक्कोमा अध्यनरत बर्दियाका मुकेश बस्नेतले बताएका छ्न।

दुइ बर्ष अघि जापान आएका दाङका माधब ओलिलाइ दशैं नजिकिदै गर्दा घरको यादले सताएपनी कोरोना र बिधालयमा बिदा नमिलेका कारण घर जान सम्भब नभएपछी फोनबाट नै आमा बुवाबाट आशिर्वाद लिएको बताएका छ्न।

अन्य बर्षहरुमा जस्तो यहाँ बसोबास गर्ने नेपालीले नेपालबाट अभिभावक बोलाएर टिका तथा आशिर्वाद लिन असहज भएकाले यस बर्ष साथीहरू बिच आफुँ आफैं तथा एउटै बिधालयमा अध्ययनरत बरिस्ठहरुबाट टिका जमरा ग्रहण गरेका थिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *