Home / Nepal / News / काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्सियस, तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अपराह्न्नपछि हटेर जाने

काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्सियस, तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अपराह्न्नपछि हटेर जाने


काठमाडौं : काठमाडौंको आज विहान साढे ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ। काठमाडौंको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने तर अपराह्न्न पछि बादल लाग्ने छ।

करिब तीनदिनसम्म मौसममा बदली रहे पनि कमजोर मौसमी प्रणालीका कारण पानी भने नपर्ने मौसमविद् मानन्धर बताउँछिन्।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जाने छ। अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा आंशिक बदली रहने राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ मा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम विभागले उच्च पहाडी तथा हिमाली भू –(भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *