दाङ : लामो समयदेखि कोरोना महामारीका कारण बन्द रहेका रुकुम पश्चिमका विद्यालयहरू यही भदौ १५ गतेदेखि सञ्चालन गरिने भएको छ।
जिल्ला सदरमुकाम मुसिकोटमा पालिकास्तरीय प्रमुखहरू र सरोकारवाला निकायसँगको छलफलमा विद्यालयहरू खुलाउने सहमति भएको बताइएको छ।
उता, रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि भदौ १३ देखि भौतिक उपस्थितिमै पठनपाठन गर्न दिने निर्णय गरेको छ ।






