काठमाडौं : संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा ६ जनाको सामूहिक हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइसँग मृतकको मोबाइल फेला परेको छ।
यही भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षीय विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको चिर्पटले हानेर हत्या गरिएको थियो।
हत्या गरिएकी रञ्जनाको मोबाइल आरोपित लोकबहादुर कार्कीका भाइ नरेश कार्कीको साथमा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले नरेशलाई पक्राउ नगरिएको र अनुसन्धान भइरहेको जानकारी दिएको छ।






