काठमाडौं: आन्तरिक विवाद र गुटबन्दीमा जेलिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक १ बजे बालुवाटारमा बस्ने तय भएको छ।
बालुवाटारमा बस्ने तय भएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट श्रोतले जनाएको छ।
बुधवारको स्थायी कमिटी बैठक रोकेर सहमतिका लागि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव पनि प्रचण्डले अस्वीकार गरेको बुझिएको छ।
ओलीले खुमलटारमा आफ्ना पक्षका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पठाएर आजको बैठक रोक्न प्रचण्डलाई गरेको आग्रह अस्विकार गरेको बुझिएको छ।
मंगलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवादले उग्र रुप लिएको हो।
प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहका नेताले बुधवारको स्थायी कमिटी बैठकमा ओलि विरुद्ध चर्को आवाज उठाउने बुझिएको छ।






