काठमाडौं । सरकारले वीरगन्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग सुरु गर्ने भएको छ ।
संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रसुवागढी–काठमाडौं र वीरगन्ज काठमाडौं रेलमार्गको प्रारम्भिक कार्य सुरु हुने बताइन् ।
यस्तै सरकारको नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा (इनरुवा (खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ ।
पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको उनले बताइनन् ।
यस्तै काठमाडौं तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्र्याक) लाई आगामी ३ वर्षभित्रमा सम्पन्न गर्ने तथा आगामी वर्ष फास्ट ट्र्याकको जटिल पुल र सुरुङको निर्माण सुरु गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै पूर्वपश्चिम राजमार्गको सम्पूर्ण खण्ड चारलेनमा विस्तार गरी दुरुतमार्गको रूपमा विकास गर्ने भएको छ ।






