Home / Nepal / News / क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ७ पुग्यो

क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ७ पुग्यो

दुल्लु (रासस) । दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ ।

वडा नं ११ कालभैरवको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका ३५ वर्षीय युवाको दिउँसो पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।     
     
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

बिहीबार उनको स्वाब सङ्कलन गरिएको थियो ।

यही जेठ ७ गते भारतबाट आएका उनीसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । 

कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उनी पहिलो हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *