Home / Nepal / News / अस्ट्राजेनिका खोप जापानबाट आज तीन लाख ३० हजार डोज आइपुग्ने

अस्ट्राजेनिका खोप जापानबाट आज तीन लाख ३० हजार डोज आइपुग्ने

काठमाडौं : कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप जापानबाट आउने भएको छ। १६ लाख डोज मध्ये आज तीन लाख ३१ हजार डोज नेपाल ल्याइँदै छ । आज दिउँसो कतार एयरको विमानबाट सो खोप नेपाल आइपुग्नेछ।

१६ लाखमध्ये हिजो पाँच लाख १३ हजार ४२० लाख डोज खोप जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएर नेपाल आइपुगेको थियो। बाँकी रहेको खोप भने आउँदो साता ल्याइने बताइएको छ।

भुटानबाट गएको शुक्रबार ल्याइएको दुई लाख ३० हजार र जापानबाट ल्याइने १६ लाख डोज अस्ट्राजेनेकाको खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यही साउन २५ गतेदेखि दोस्रो डोज दिने सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *