Home / Health / कोरोनाका बिरामीले भरियो टेकु अस्पताल, व्यवस्थापन भन्छ : अब धान्न सक्दैनौ

कोरोनाका बिरामीले भरियो टेकु अस्पताल, व्यवस्थापन भन्छ : अब धान्न सक्दैनौ

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबै बेड कोभिड–१९ संक्रमितले भरिएपछि संक्रमितको व्यवस्थापन गर्न समस्या भएको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार सबै उपचारकक्षमा बेड क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि नयाँ बिरामी भर्ना लिने अवस्था छैन । “भएका सबै बेड भरिइसके, १४ बेड थपेर पनि नपुगेपछि अब हामी धान्न सक्दैनौँ भन्ने अवस्था आएको छ,” उनले भने ।

अस्पतालमा अहिले २२ संक्रमित आईसीयू र भेन्टिलेटरमा र ४६ जना आइसोलोसन वार्डमा उपचाररत छन् । आइसोलेसनमा रहेकामध्ये ९५ प्रतिशत बिरामी अक्सिजन सपोर्टमा राख्नुपर्ने अवस्थाका रहेका डा. राजभण्डारीले बताए । मुलुकभर बुधबारसम्म ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *