Home / Nepal / News / स्याङ्जा जिल्ला १० दिन सिल गर्ने निर्णय

स्याङ्जा जिल्ला १० दिन सिल गर्ने निर्णय

पोखरा । सातादिन अघिदेखि जिल्ला प्रहरी कार्यालय सिल गरिएको थियो । तर, सोमबार थप १८ सहित कुल २१ प्रहरीमा कोरोना संक्रमण भेटियो । समुदायस्तरमा संक्रमण फैलने त्राससँगै मंगलबारको सीसीएमसी बैठकले स्याङ्जा जिल्ला १० दिन सिल गर्ने निर्णय गरेको छ ।

समाजमा कोरोना भाइरस फैलिन नदिन अत्यावश्यक सेवाबाहेक आवतजावतमा पूर्ण रुपमा बन्देज गरिएको हो ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनताको सुरक्षामा खटिएका प्रहरी प्रमुखसहित २१ सुरक्षाकर्मी कोरोना पुष्टि भएपछि जिल्ला बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र सम्पर्कमा आएकाले प्रभावको हिसाबले पुतलीबजार धेरै जोखिम देखिए पनि समुदायमा पूर्ण रुपले फैलिन नदिन अन्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको क्षेत्रीले बताए ।

सीसीएमसीको निर्णयलाई अवज्ञा गर्ने जो कोहीलाई पनि कारबाही हुने प्रजिअ क्षेत्रीले बताए ।

जिल्ला पूर्णरुपमा बन्द गरे पनि कोरोना संक्रमित प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब भने लिइनेछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *