Home / Society / बझाङका युवकले गरे क्वारेन्टाइनमै आत्महत्या

बझाङका युवकले गरे क्वारेन्टाइनमै आत्महत्या

बझाङ । बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् ।

३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए ।

‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए’, उनले भने ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ ।

आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियाे । ति युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् ।

उनीहरू फरकफरक मितिमा आएकाले अलग्गै कोठामा राखिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *