Home / Nepal / उखु उत्पादनको सम्भावना, चुनौती र अर्थतन्त्रमा यस्को आधार

उखु उत्पादनको सम्भावना, चुनौती र अर्थतन्त्रमा यस्को आधार

अशिम सापकोटा


उखु एक नगदे बाली श्रेणी अन्तर्गत पर्ने लोकप्रिय वनस्पति श्रेणीको एक वस्तुको नाम हो । उखु मिश्री, सखर, चिनी आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो।

उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ। हाम्रो नेपालमा पनि प्रायस् तराईका कृषकहरूले उखु खेती अपनाएका छन्।त्यसै गरी भारत लगायत विभिन्न मुलुकहरूका कृषकहरूले उखु खेति अपनाएका छन् ।

नेपालमा उखुँको अनुसन्धान केन्द्र जितपुरमा छ । नेपालमा चिनी दैनिक रूपमा प्रयोग हुने उपभोग्य वस्तुको कच्चा पदार्थ उखु नै भएकोले औद्योगिक तथा नगदे वालीको प्रमुख स्थानमा रहेको छ ।

यसको व्यवसायिक खेती औद्योगिक दृष्टिकोणले तराईमा गरीन्छ । नेपालमा उखुको उत्पादकत्व बर्षौ देखि ३६ देखि ४६ मेट्रिक टन प्रति हेक्टर मात्र रहेको छ ।


जुन छिमेकी राष्ट्र भारतको महाराष्ट्रको तुलनामा एक तिहाई मात्रै छ । हाम्रै देशका केही अनुभवी कृषकहरूले ९० देखी १०० टन प्रति हेक्टर उत्पादन गरेको रेकर्ड पनि पाईन्छ ।

नेपालमा कूल चिनीको आवश्यकता (माग) भन्दा थौरे चिनीको उत्पादन भई बाँकी ५० हजार देखि १ लाख क्वी.सम्म (लगभग ५५प्रतिशत) चिनीको माग बाहिरीमुलुकबाट आयात गर्नु परेको अवस्थाले धेरै मुद्रा विदेशीने गरेको छ ।


जबकी हाम्रो देशमा जम्मा १३ वटा चिनी मिलहरू मध्ये हाल १० वटा मात्र सुचारू रूपले चलिरहेको छ । उखु उत्पादनको सम्भावना हेर्ने हो भने प्रकृतीले तराईको लागी वरदान भनेर दिएको छ । हाम्रो माटो, मौशम, भूबनोट, सामाजिक, आर्थिक अवस्था आदी सबै उखुको लागी उत्तम रहेको छ ।


हाम्रो देशको तराईको जिल्लाहरू मध्ये उखु खेती गरीने जिल्लाहरूमा रौतहट, सर्लाही, सिराहा, महोत्तरी, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, रूपन्देही, कैलाली आदी हुन् ।

उक्त जिल्लाहरू मध्ये मध्यमाञ्चलका सर्लाही, रौतहट, महोत्तरी, बारा र धनुषा तथा पश्चिमाञ्चलका नवलपरासी, कपिलवस्तु जिल्लाहरू क्षेत्रफलको हिसावले बढी नै स्थान ओगेटेको छ ।


उखु एक नगदेबाली भएका कारण यसको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरूले प्राप्त गर्न सक्छन्। अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन, साथै उखुबाट ग्रामीणक्षेत्रमै यसको खुदो तथा सखर बनाएर बिक्रि वितरण गर्न सकिन्छ ।


साथै ठुला उद्योगहरुमा चिनी उत्पादनको लागि कक्चा पदार्थको रुपमा काम गर्दछ ।


साथै उखु गाउघरमा उत्पादन हुने हुनाले बेरोजगार युबा युबतिहरुलाई रोजगार दिन्रे काम गर्दछ ।


साथै नेपाल हिन्दु बहुुुल मुलुक भयकोले गर्दा भगवानको पुजा गर्दा समेत प्रसादको रुपमा प्रगोग गर्न सकिन्छ ।उखु उत्पादनबाट कृषक, मिल मालिक, कर्मचारी तथा उपभोक्ता सम्पूर्णको हकमा धेरै नै महत्वपूर्ण रहेको छ ।

तथापी कृषक, कर्मचारी, मिल मालिक तथा उपभोक्ता सबै वर्गमा समस्या नै समस्या रहेको छ जुन सरकार, मिलमालिक, उखु कृषक सबै संबेदनसील हुनु आवश्यक देखिन्छ ।

उखु खेतीमा अरु खेती जस्तो धेरै चोटी जमीनको जोत खन गरि रहन पर्दैन। एक पटकमा जमीन खन जोत गरेर उखु खेती गरिएमा कम्तीमा पनि तिन बर्षसम्म त्यसै एक पटक खन जोत गरियको जमीनबाट उत्पादन लिन सकिन्छ।

अरु खेती जस्तो पटक पटक गोड मेलको झन्जट पनि उखु खेतिमा कम पर्ने भएकाले यसमा धेरै कामको बचत हन सक्ने अनुमान गरिएको छ ।

गरीब कृषकहरूले रोप्ने बेला मल, वीउ, लेबरको बढी लागत पर्नुका साथै सिफारिस अनुसारको उन्नत खेती प्रविधि अपनाउन नसक्नु, बीमा, ऋण तथा वितिय सुविधा प्राप्त नगर्नु, सिचांई, मल चाहिएको बेलामा उपलब्ध नहुनु, उखु ढुवानी गर्न चिनी मिलबाट दिईने पुर्जी (चलान) समयमा नपाउनु एकको चलान अर्कोलाई दिनु वा बेच्नु , उँखु ढुवानीका साधन नपाउनुका साथै ढुवानी साधन तौल हुने (संकलन केन्द्र) काँटा÷मिलबाट छिट्टै खाली नहुनु, तौलको बेला जरतीको नाममा २ देखि २० प्रतिशतसम्म काटनु ।

उँखुको रकम पाउन धेरै समय लाग्नु, चिनी मिलको प्राविधिकबाट प्राविधिक सहयोग सरसल्लाह नपाउनु चिनी बढी पर्ने उदेश्यले मिलले समयमा मिल चालु नगर्नाले कृषकलाई अनावश्यक दुःख हुनु जस्ता कारणले उखु खेती गरीरहेका किसानमा समेत वितृष्णा भए पनि सबै तालमेल मिलेमा एउटा प्रमुख नगदेबाली नै हो उखु ।


उद्योगी र किसान कसैलाई पनि मर्कामा पर्ने खालको निर्णय गरिनु हुँदैन । पहिलो उपाय त नेपालमा उखु बालीमा स्पष्ट नीति तथा कार्य्दिशा सरकारको आउनुपर्यो ।

अब यो योजना र कार्य योजना बेगर उत्पादन गरिने नगदे बाली भएन । त्यस पछि अन्तर्रा्ष्ट्रिय व्यवस्था, मूल्य र वैज्ञानिक मापदण्डका साथ यथार्थतासँग नजिकिने तथ्यहरूलाई आधार बनाएर मूल्य निर्धारण गर्नुपर्यो ।

उखुबालीमा देखिएको समस्यासँगै उखुको उत्पादन न्यून गर्ने देखि लिएर चिनी मिल प्रवर्द्धन गर्नका निम्ति चिनीको सर्वसुलभ आपूर्ति र निर्यातको सुनिश्चितताका कार्यक्रमहरू पनि सरकारको कार्य योजनामा देखिनुपर्छ ।


उखु उत्पादनलाई नगदे बालीको आधारभूत मान्यता हट्नबाट बचाउन राज्यले अवलम्बन गर्न सक्ने अथाह भूमिकाहरूमध्ये यो व्यवसायलाई औद्योगिक र व्यवसायिकताको रूपमा विकास गर्न आवश्यक कार्य योजना तुरुन्तै ल्याइहाल्नुपर्ने खाँचो देखिएको छ ।

यसले देशको कुल चिनीको माग धान्नुको अलावा विदेशमा समेत निर्यात भई अर्थतन्त्रका परिसूचक सकारात्मक हुने अनेकन् सङ्केत देखापर्छ ।

नेपाली किसानहरू आर्थिक रूपले सबल र स्वालम्बन पनि हुन सक्छन् ।
अशिम सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *