Home / Nepal / सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (भिडियो सहित)

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (भिडियो सहित)

काठमाडौँ । संघीय संसद्‍को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य, रोजगारी सिर्जना, कृषि र विकास जस्ता कार्यक्रम प्राथमिकतामा परेको बताइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुतमा सांसदबाहेक उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक नियोगका प्रमुखहरू, मुख्य सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख उपस्थित रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *