काभ्रे : काभ्रेमा गाई काटेको आरोपमा ६ जना पक्राउ परेका छन्। महाभारत गाउँपालिका १, गोकुले बस्ने ५३ वर्षीय रत्नबहादुर जिम्बासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गोकुले र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले उनीहरुलाई २५ केजी गाईको मासु सहित पक्राउ गरेको हो।






