काठमाडौं : गायिका अञ्जु पन्त इलामका थिर कोइरालासँग विवाह बन्धनमा बाँधिने भएकी छिन्।
अञ्जु पन्त र थिर कोइरालाले आफ्नो विवाह हुन लागेको स्वीकार गरे। “हामी विवाह बन्धनमा बाँधिने कुरा सत्य हो। तर, तत्काल भने होइन,” थिर भन्छन्, “दुबै परिवारबीच कुरा भइरहेको छ। करिव एकवर्ष भित्र विवाह हुनसक्छ।”
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका खबरहरुले आफूहरुलाई चाँडो विवाहका लागि थप दबाब सिर्जना भएको थिर बताउँछन्।
एक वर्षदेखि ‘रिलेसनसिप’मा रहेका अन्जु र थिरको करिब तीन वर्ष अगाडि देखी उनीहरुबीच चिनजान भएको थियो। थिर कोइराला गीतकार हुन्। ऊनी २० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन्।
मनोजराजसँग विवाह गरेकी अञ्जु केही वर्ष यता सम्बन्ध विच्छेदपछि एक्लै बस्दै आएकी छिन्। मनोजराज र अन्जुकी एउटी छोरी पनि छिन्। छोरी परितोशिका पनि मोडलिङमा प्रवेश गरिसकेकी छिन्।






