काठमाडौं: वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको छ ।
छातीमा समस्या देखिएपछि प्रधानलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो।
कही वर्ष अघि हैमाटोमाको शल्यक्रिया गरिएको प्रधानका ‘घुम्तीमा नआउ है’गोरेटो त्यो गाउँको’लगायतका गीतहरु लोकप्रिय रहेका छन् ।






