काठमाडौं : नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत सातजना छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






