Home / Nepal / News / बरिस्ठ नेता रामचन्द्र पौडेलले बुधबार स्थगित भएको पुलको आज उद्घाटन गर्ने

बरिस्ठ नेता रामचन्द्र पौडेलले बुधबार स्थगित भएको पुलको आज उद्घाटन गर्ने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार स्थगित भएको पुलको आज  उद्घाटन गर्ने भएका छन् । 

बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि रोकिएको पुलको आज ११ बजे उद्घाटन कार्यक्रम  हुने पौडेलका स्वकीय सचिव चीरञ्जीवी अधिकारीले जानकारी दिए । “अहिले उहाँ(पौडेल) घरमै हुनुहुन्छ । केहीबेरमा पुल उद्घाटनका लागि निस्कनुहुनेछ,” अधिकारीले बाह्रखरीसँग भने । 

बुधबार पौडेल उद्घाटन गनृका लागि जाँदा नेकपाका कार्यकर्ताहरुले  विरोध प्रदर्शन गरेका थिए भने जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेको थियो । सो क्रममा पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले बेलुका मात्र छाडेको थियो । रिहा भएलगत्तै पौडेलले आज ११ बजे पुल उद्घाटनको कार्यक्रम गर्ने जानकारी गराएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *