काठमाडौं : वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ। बीबीसी नेपाली सेवामा लामो समय काम गरेका पत्रकार शर्माको शुक्रबार निधन भएको हो।
चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेटमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
शर्माले बीबीसी नेपाली सेवाबाट अवकाश लिएपछि विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आएका थिए।






