Home / Politics / काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल, अत्यावश्यक परे आरडीटी रिपोर्ट आवश्यक

काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल, अत्यावश्यक परे आरडीटी रिपोर्ट आवश्यक

काठमाडौं । काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै गृह मन्त्रालयले लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने भन्दै गृहले यस्तो निर्णय गरेको हो । साथै गृहले अत्यावश्यक कामले काठमाडौं प्रवेश गर्दा आरडीटी रिपोर्ट समेत हेर्ने उल्लेख छ ।

गृहले स्थानीय निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश गर्नुपूर्व नै आफ्नै खर्चमा आरडीटी परीक्षण गरी त्यसको रिपोर्टका साथ उपत्यका प्रवेश अनुमति माग गर्नुपर्नेछ ।”

उपत्यका प्रवेश विन्दुमा आइपुग्‍ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्‍नुपूर्व जिल्लामा नै सुरक्षा निकायले निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने पनि उल्लेख छ ।

गृहप्रवक्ता केदारनाथ शर्माले सकेसम्म अनावश्यक रुपमा भित्रिने क्रम रोक्न यस्तो निर्णय गरिएको बताए ।

उनले भने, “कोरोना परीक्षण भए राम्रै कुरा हो । बिरामी लगायत आपत्कालीन अवस्थाका व्यक्तिलाई पनि अनिवार्य आरडीटी रिपोर्ट भनिएको होइन । तर, कतिपय व्यक्ति अत्यावश्यक कामबाहेक पनि आवतजावत गर्ने गरेको पाइएको पनि छ । यसतर्फ पनि सचेत हुन जरुरी छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *