Home / Nepal / News / नेपालमा ९ जना कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा ९ जना कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।  नयाँ कोरोना संक्रमित थपिनेमा एक जना रुपन्देही र ८ जना झापाका रहेका छन् ।

जसमा रुपन्देहीको श्रीलंकन गेष्ट हाउसको क्वारेन्टाइनमा रहेका २७ वर्षीय पुरुष छन् भने झापाको कचनकवलस्थित लक्ष्मी देवकोटा माविको क्‍वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय गरी ८ पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । 

यसअघि बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण देखिएको थियो । कुल कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।  हालसम्म ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार नै बुटवलको क्रिमसन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

पीसीआरबाट विधिबाट हालसम्म ३८ हजारको कोरोना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ७८हजार ६९५ को कोरोना परीक्षण गरिएको छ । 

देशभर हालसम्म २५ हजार ३० जना क्‍वारेन्टाइनमा रहेका छन् । 

बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । ४८९ जना डिस्चार्ज भएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *