काठमाडौं: भारतको पश्चिम बंगाल राज्यको कालिङपोङमा आइतबार साँझ भएको सो कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु भएको छ।
नेपाली गायक तथा र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड हुँदा उक्त दुर्घटना भएको हो। उर्घटनामा ५ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यम हरुले जनाएका छन।
मृत्यु हुनेहरुमा ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बिनिता गुरुङ रहेको बुझिएको छ।
नेपाली भाषीहरुको बाहुल्य रहेको कालिपोङस्थित मेला ग्राउण्डमा भएको सो कन्सर्टमा भागदौड मच्चिएको जनाइएको छ। घटनाको कारण बारेमा भारतिय प्रहरीले अनुसन्धान सुरु गरेको छ।






