Home / Politics / भारतले फर्कायो जबाफ : नेपालको संशोधित नक्शा आपत्ती जनक

भारतले फर्कायो जबाफ : नेपालको संशोधित नक्शा आपत्ती जनक

काठमाडौं । नेपालले बुधबार सार्वजनिक गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा भारतले आपत्ति जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले प्रक्रिया दिँदै भने, “नेपालले सार्वजनिक गरेको संशोधित नक्सामा भारतीय भूभाग समेटिएको छ । नेपालले गरेका एकतर्फी कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।”

भूभागको यस्तो कृतिम विस्तारलाई भारतले स्वीकार नगर्नेसमेत विज्ञप्तिमा भनिएको छ ।  यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिबद्धताको पनि विपरीत भएको जनाइएको छ ।

यो विषयमा भारतको पहिलेदेखिको स्थिर अडानबारे नेपाललाई जानकारी भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी नेपाल सरकारलाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं । साथै सीमा मामिलाको समाधान गर्नका लागि नेपालको राजनीतिक नेतृत्वले सकारात्मक वातावरण बनाउने भारतले आशा राखेको छ ।”

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *