Home / Society / युवतीमाथि पटक पटक बलात्कारको प्रयास गर्ने पक्राउ

युवतीमाथि पटक पटक बलात्कारको प्रयास गर्ने पक्राउ

लहान । युवतीमाथि पटक पटक बलात्कारको प्रयास गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको बेला विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गर्न खोज्ने सिरहाको कर्जन्हा नगरपालिका १ रतनपुरका लक्ष्मण खत्रीलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पिडितले पक्राउ परेका खत्रीविरुद्ध जबरजस्ती करणी मुद्दा शिर्षकमा जाहेरी दरखास्त दिएकी छन् । सिरहा जिल्ला अदालतले थप अनुसन्धानका लागि खत्रलिाई १० दिनको म्याल थप गरेको छ ।

खत्रीमाथि थप आवश्यक अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक डिएसपी सन्तुलाल प्रसाद जैसवालले बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *