Home / Sports / आईपीएलमा पन्जाबविरुद्ध हैदरावादको शानदार जित

आईपीएलमा पन्जाबविरुद्ध हैदरावादको शानदार जित

एजेन्सी । यूएईमा जारी १३ औं सस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले तेस्रो जित निकालेको  छ । बिहीबार भएको खेलमा हैदरावादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गरेको हो । 

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको २०२ रनको लक्ष्य पछ्याएको पन्जाबले १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३२ रन बनायो । 

पन्जाबका लागि निकोलस पुरनले अर्धशतकीय पारी खेले ३७ बल खेलेका उनले ५ चौका र ७ छक्काको सहयोगमा ७७ रन बनाउन सफल भए । त्यस्तै केएल राहुल र प्रवेशसिमरान सिँहले समान ११ रन बनाए । पन्जाबका लागि त्यस बाहेकका ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । 

बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै थङ्गार्सु नटराजन र खालेल अहमेदले समान दुई–दुई विकेट लिँदा अविशेक शर्माले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धातिर २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । हैदरावादका लागि जोनी बेयरस्टो र डेभिड वार्नरले अर्धशतकीय पारी खेले । ५५ बल खेलेका बेयरस्टोले ७ चौका र ६ छक्काको सहयोगमा ९७ रन बनाउन सके । 

त्यस्तै ४० बल खेलेका वार्नरले ५ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाउँन सफल भए । हैदरावादका लागि केन विलियन्सनले २० रन बनाउँदा अविशेक शर्माले १२ रन बनाउँन सफल भए । 

बलिङतर्फ पन्जाबका लागि रवी विश्नोइले सार्वाधिक तीन विकेट लिए । त्यस्तै आर्शदिप सिंहले दुई विकेट लिँदा मोहमद स्विामीले एक विकेट लिए । 

आजको खेलमा जित निकाल्दै हैदरावादले शीर्ष तीनमा आफूलाई स्थापित गरेको छ । ६ खेल खेलेको हैदरावादले ६ अंक सहित आफूलाई शीर्ष तीनमा उकासेको छ । पराजित पन्जाब ६ खेलबाट २ अंक सहित तालिकाको पुछारमा छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *