Home / Politics / प्रधानमन्त्री ओलीले बोलाए बुधबार बालुवाटारमा संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए बुधबार बालुवाटारमा संवैधानिक परिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

“संवैधानिक परिषद्ले गरेको नियुक्तिको आज अवधि पुग्दैछ। केही नियुक्ति र परिषद्को काम–कारबाहीबारे छलफल हुनेछ। अरू विषयगत कुराहरूमा पनि छलफल होला,” स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गर्नुपूर्व नै अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए। बुधबार नियुक्तिको ४५ दिन पूरा भएको छ ।

संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *