Home / Politics / धनगढीमा प्रचण्ड–नेपाल समूहले आज शक्ति प्रर्दशन गर्दै

धनगढीमा प्रचण्ड–नेपाल समूहले आज शक्ति प्रर्दशन गर्दै

काठमाडौं : कैलालीको धनगढीमा प्रचण्ड–नेपाल समूहको नेकपाले आज (शनिबार) शक्ति प्रर्दशन गर्ने भएको छ।

दिउँसो १ बजे खुलामञ्चमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

सोही स्थानमा यसअघि पुस २४ मा ओली समूहले प्रदर्शन गरेको थियो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित नेकपाले समानन्तर बैठक तथा शक्ति प्रदर्शन गर्दै आएका छन्।

प्रदर्शनलाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *