Home / Politics / नेकपा को प्रचण्ड माधब नेपाल पक्षद्वारा आज देश भर प्रदर्सन गर्दै

नेकपा को प्रचण्ड माधब नेपाल पक्षद्वारा आज देश भर प्रदर्सन गर्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ।

बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन्। आज हुने भनेको बिरोध सभामा देशभर बाट ५० हजार कार्यकर्ता भेला हुने उक्त समुहको दावी छ।

रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ। ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिएका छन्

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ। सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *