मुम्बई । सामाजिक सञ्जालमा अश्लील पोस्टहरूका कारण विवादमा आइरहने पुनम पाण्डेविरुद्ध एफआईआर (उजुरी) दर्ता भएको छ ।
महामारीबाट बच्न पूरा देश नै लकडाउनमा गइरहेको अवस्थामा पाण्डेले लकडाउन उल्लंघन गरेपछि उनीविरुद्ध एफआईआर दर्ता भएको हो ।
बिनाकुनै काम साथी साम अहमद बोम्बेसँग कारमा मरिन ड्राइभतिर गएका कारण उनी उजुरीमा परेकी हुन् ।
वरिष्ठ प्रहरी महानिरीक्षक मृत्युञ्जय हिरेमठले उनीविरुद्ध उजुरी पुष्टि गर्दै भने, “पाण्डे र साम अहमद बोम्बेविरुद्ध धारा २६९ (खतराजनक रोगको संक्रमण फैलाउन सक्ने लापरवाही काम) र भारतीय दन्डको १८८ कोड (आईपीसी) र राष्ट्रिय विपत्ती ऐनको प्रावधान अन्तर्गत (सार्वजनिक कर्मचारीका आदेश उल्लंघन गरेको) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।” (बलिउड हंगामा)






