Home / Society / आफ्नै साथीकी श्रीमती सङ सम्बन्ध राखि साथिको हत्या गर्ने अभियुक्त पक्राउ

आफ्नै साथीकी श्रीमती सङ सम्बन्ध राखि साथिको हत्या गर्ने अभियुक्त पक्राउ

काठमाडौं: आफ्नै साथिकि श्रीमतीसँग प्रेम सम्बन्ध राखी त्यसबारे पोल खुलेपछि साथीकै हत्या गर्ने मान कुमार थिङलाई पक्राउ गरिएको छ। गत साउनमा  साउनमा उनले उदयपुरका हरि खड्काको हत्या गरेका थिए।

खड्का र तामाङबीच सँगै मुर्ती बनाउने क्रममा चिनजान भएको थियो। हरिकी श्रीमतीसँग उनी नजिकिएका र म्यासेज आदान प्रदान भएको  थाहा पाएपछि उनीहरु बिच विवाद भएको थियो। त्यही निँहुमा  मानबहादुरङले हरीलाई भेट्न बोलाएर कुटपिट गरी हत्या गरेका थिए ।

सो घटनामा संलग्न मृतककी श्रीमती विष्णुसहित अन्य चार जनालाइ  महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले यस अघि नै पक्राउ गरिसकेको थियो। हत्या गरी भारत भागेका अभियुक्तलाइ  मकवापुरबाट पक्राउ गरिउको महाशाखाका एसपी ईश्वर कार्कीले बताएका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *