Home / Sports / प्रधानमन्त्री कप : आज समूह ‘बी’का दुई खेल

प्रधानमन्त्री कप : आज समूह ‘बी’का दुई खेल

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन्। दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ। आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछन्।

तुलनात्मक रुपमा सुदूरपश्चिम गण्डकी प्रदेशभन्दा बलियो टोली हो । त्यसैले आजको खेल रोमाञ्चक हुने छ। आज नै हुने दोस्रो प्रदेश १ र वागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुनेछ। आजको खेलमा दुबै टोली जित निकाल्दै २ अंक आफ्नो पक्षमा पार्ने योजनामा हुनेछन्। नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ उपाधि दावेदारको रुपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *