Home / Politics / संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना आवश्यक: गुरुङ

संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना आवश्यक: गुरुङ

कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन्।

नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उनले संसद् विघटनको सिफारिस असंवैधानिक भएको जिकिर गरे।

उनले भने, ‘‘प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो, यसले संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थालाई सहयोग गर्दैन।’’

विघटित प्रतिनिधिसभामा नेकपाका तर्फबाट प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले संसद् पुनःस्थापना गरिछाड्ने जिकिर गरे।

विघटित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग नभएको दाबी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम प्रतिनिधिसभा विघटन सही नभएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *