Home / Nepal / News / युवतीले मन नपराएको भन्दै एसिड प्रहार, एक भारतीय सहित दुईजना पक्राउ

युवतीले मन नपराएको भन्दै एसिड प्रहार, एक भारतीय सहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंमा गएराति आफूलाई मन नपराएको भन्दै आफूकहाँ काम गर्ने युवालाई २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्न लगाएको खुलेको छ । काठमाडौंको सीतापाइलामा बिहीबार बेलुका ८ बजेतिर ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेर एसिड हानेको दुईघण्टामै त्यसमा संलग्न दुईजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये एकजना रौतहटका र अर्का भारतीय नागरिक रहेको खुलेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रौतहटका मोहम्मद आलमले पवित्रा कार्कीलाई एकातर्फी मन पराउँथे । उनले बिहीबार बेलुका पनि ३० भन्दा बढी पटक फोन गरेको पाइएको छ । तर युवतीले उनको फोनको बेवास्ता गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एसिड प्रहार गर्ने भारतीय नागरिक मोहम्मद मुन्नाले आफूलाई केही जानकारी नभएको बयान दिएका छन् । “मलाई साहुले केही पैसा दिन्छु भनेर काम लगाएको थियो, त्यसपछि मैले बोतलमा लगेर एसिड हानेको हुँ ।”

प्रहरीका अनुसार मुन्ना र मोहम्मद राति नै भारततर्फ जाने तयारीमा थिए । सीसीटीभी फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

युवतीको घर नजिक मोटरसाइकलमा लगेर मुन्नालाई साहुले राखेका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *