Home / Nepal / News / होटेल संघ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्यको ७२ बर्षको उमेरमा निधन

होटेल संघ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्यको ७२ बर्षको उमेरमा निधन

sharethis sharing button

काठमाडौं । होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । ७२ वर्षको उमेरमा शाक्यको आज बिहान निधन भएको हो ।

होटेल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै होटेल संघ नेपालको अध्यक्षसमेत भई नेतृत्वदायी भूमिका निर्वाह गरेका शाक्य ‘प्रवल जनसेवाश्री चतुर्थ’ बाट विभूषित पनि भएका थिए । 

२४ वर्षभन्दा बढी होटेल संघ नेपालमा सक्रिय भई अतुलनीय योगदान पुर्‍याएका शाक्य यस क्षेत्रमा स्थापित एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति भएको हानकी अध्यक्ष सिर्जना राणाले जनाइन् । शाक्यका श्रीमती र दुई छोरा छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *