Home / World News / जापानको राजधानी टोकियो लगायत सहरहरुमा कोरोना भाइरसको प्रकोपको कारण नयाँ बर्षको अघिल्लो चल्ने रात्री रेल सेवा बन्द

जापानको राजधानी टोकियो लगायत सहरहरुमा कोरोना भाइरसको प्रकोपको कारण नयाँ बर्षको अघिल्लो चल्ने रात्री रेल सेवा बन्द

अङ्रेजी नयाँ बर्षको अघिल्लो दिन बिस्वका अन्य देसहरुमा जस्तै जापानमा समेत रातभरी रमाइलो गर्ने प्रचलन रहेको छ ।

प्राय ठुला शहरहरुमा नयाँ बर्षको अघिल्लो दिन २४ घन्टै रेल शेवा दिने जापानमा कोरोना भाइरसको प्रकोपको कारण राजधानी टोकियो लगायत अन्य शहरहरुमा रातभरी चल्ने रेल बन्द हुने जनाएको छ।

राजधानी टोकियोमा चल्ने इस्ट जापान रेलवे, JR इस्ट सेवाहरू , यामानोट र अन्य लाइनहरू सञ्चालनमा हुने छैनन । टोकियो मेट्रो, केइयो, केइक्यु, केइसी र टोकियो वाटरफ्रन्ट क्षेत्रहरुमा राजधानी टोकियोका गभर्नर र अन्य ३ प्रान्तहरूले रेल ३ कम्पनी हरूलाई रातभर सेवाहरू उपलब्ध नगराउन अनुरोध गरेका हुन ।

सामान्यतया वर्षको सुरुमा राजधानी टोकियो, ओसाका, नागोया , वाकायामा फुकुओका, ओकिनावा क्षेत्रमा मानिशहरुको ठूलो भीड लाग्ने गर्दछ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *