एजेन्सी: कोरोना महामारीले फेरी उग्ररूप लिएपछि युरोपियन रास्ट्र फ्रान्समा एक महिनाका लागि फेरि लकडाउनको घोषणा गरिएको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रास्ट्रको नाममा सम्बोधन गर्दै नोभेम्बरको अन्त्य सम्म दोस्रो राष्ट्रिय लकडाउन घोषणा गरेका हुन।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै राष्ट्रपति म्याक्रोनले फेरी लकडाउन घोषणा गरेका हुन्।
कोरोना भाइरस पछिल्लो केहि हप्ता यता योरोपियन रास्ट्रहरुमा द्रुत गतिमा बढिरहेको छ। राष्ट्रपतिले भोली शुक्रबारदेखि लागु हुनेगरी नयाँ लकडाउनको घोषणा गरेका हुन।
यो घोषणा डिसेम्बर १ सम्म लागू हुने र सो अबधिमा बिधालय
व्यायामशाला हरु खुल्ला रहने छन भने अत्यावश्यक सामान खरिद , स्वास्थ्य परामर्श जस्ता अत्यावश्यक चिजहरु समेत दैनिक एक घण्टा खुला हुनेछन।






