काठमाडौं : अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४५ ग्राम सुनसहित चितवन भरतपुर उपमहानगरपालिका १३ का सुवास गुरुङ पक्राउ परेका छन्।
विमानस्थलमा खटिएका प्रहरीले जाँच गर्दा कतार एयरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङले बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाएर ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको हो।
यस्तै सुन लिन आएका तनहुँ व्यास नगरपालिका ९ का ३१ वर्षीय टकबहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बरामद सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बुझाइएको छ।






