काठमाडौं : कोरोना भाइरसका कारण बिहीबार हालसम्मकै सबैभन्दा बढी ३५ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउने हरु यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत रहेका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १ ९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा . समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिनुभएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९ ७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८.३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ । एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको समेत पाइएको छ । कान्तिपुरबाट






