Home / Politics / सत्तारुढ नेकपाको सचिबालय बैठक जारी अध्यक्ष प्रचण्डलाइ ओलिले लिखित काउन्टर जवाफ दिदैं

सत्तारुढ नेकपाको सचिबालय बैठक जारी अध्यक्ष प्रचण्डलाइ ओलिले लिखित काउन्टर जवाफ दिदैं

काठमाडौं: सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छ्न।

नेकपा भित्र पछिल्लो समय बढेको विवादका कारण यो बैठकलाई महत्त्वका हेरिएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफी प्रतिवेदन तयार पारेका हुन।

सुरुमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई आरोप पत्र भन्दै ओली पक्षले फिर्ता लिनुपर्ने माग गरेपनि बहुमत सदस्यलाई साथ लिएर दाहालले सचिवालय बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आफूँ सचिवालय बैठकमा लिखित प्रस्ताव ल्याउने भन्दै दस दिनको समय माग गरेका थिए।

आजको बैठकले दुइ अध्यक्ष बिचको विवाद कता तिर जाने हो हेर्न बाँकि नै छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *