काठमाडौं: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज ( आइतबार ) प्रतिनिधि सभामा विश्वासको मत लिदैं हुनुहुन्छ। देउवाले बहुमत पाउन नेकपा एमालेको माधवकुमार नेपाल समूह महत्वपुर्ण हुने देखीएको छ।
देउवालाइ विश्वासको मत दिलाउन नेपाल समूहका कम्तीमा ९ सांसदले मत दिनुपर्ने हुन्छ। देउवा एमालेको नेपाल तथा जनता समाजवादी पार्टी ( जसपा ) का उपेन्द्र यादव पक्षको समेत बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेता पनि नेकपा भित्रको बिबाद समाधान उन्मुख देखीएकोले यसको प्रत्यक्ष असर देउलाइ विश्वासको मत पुर्याउन देखीने छ।
आज प्रतिनिधि सभामा विश्वासको मत लिंदा बहुमतका लागि देउवाले कम्तीमा १३६ सांसदको मत पाउनुपर्नेछ । प्रधानमन्त्री देउवाको दल कांग्रेसमा अहिले ६३ सांसद भएता पनि विजयकुमार गच्छदार र अफताव आलमले मतदानमा सहभागी हुने पाउने छैनन।
यस्तै सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीका ५३ जना साम्सद रहेता पनि माओवादीका ४ सांसद निलम्बनमा परेका र सांसद अग्निप्रसाद सासकोटा सभामुख रहेकाले उनी मतदानमा सहभागी हुन पाउने छैनन।
देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्दा जसपा यादव पक्षका १२ सांसदले भएता पनि शनिबार ठाकुर पक्षका ४ सांसद पनि यादव समूहमा थपिएकाले जसपा बाट १६ मत पाउने निस्चित छ। यस अघी ने राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ भने ४ स्वतन्त्र सांसदमध्ये एक जनाले पनि देउवालाई विश्वासको मत दिने निस्चित छ।
संसद सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका छन। सर्वाच्च अदालतको फैसलाअनुसार देउवालाई गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।






