काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने निर्णय गरेको छ ।
भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले अनुमोदन गरेको लकडाउनको मोडालिटी बिहीबार सार्वजनिक गर्ने उनले बताए । उनका अनुसार बिहीबारदेखि नै सुरक्षा मापदण्ड अपनाएर पसलहरु खोल्ने दिने निर्णय सरकारले गरेको छ ।
यस्तै निजी सवारी साधनहरु जोर-बिजोरका आधारमा चल्न दिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयबारे औपचारिक जानकारी बिहीबारमात्र सरकारले दिने भएको छ ।
उनका अनुसार भोलि बिहिवार ३ बजे लकडाउनको मोडालिटी सार्वजनिक गरिनेछ ।






