Home / Society / जापानको आइचीकेनमा सडक दुर्घटनामा परी एक नेपाली युवतिको निधन

जापानको आइचीकेनमा सडक दुर्घटनामा परी एक नेपाली युवतिको निधन

जापान । जापानको आइचीकेनमा सडक दुर्घटनामा परी एक नेपाली युवतीको निधन भएको छ ।

निधन हुने नेपाली चेली पोखरा १९ अर्मला निवासी २२ बर्षीय सुजिता बास्तोला रहेको जनसम्पर्क समिति नागोयाका अध्य्क्ष  कुशल धितालले जानकारी दिनु भयो ।

मृतक बास्तोला श्रीमानसंगै डिपेन्डेन्ट भिसामा ६ महिना अघि मात्रै जापान आएकी थिइन । मृतकका श्रीमान मिएकेन स्थित सुजुका दाईगक्कोमा अध्ययनरत छन्।

आइतबार बिहान करिब ७ बजे कामबाट फर्किने क्रममा उनले चलाएको स्कुटरलाई मिनि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी बास्तोलाको अस्पताल पुर्याउने क्रममा निधन भएको थियो ।

स्मारण रहोस एक बर्ष अघि ममता तामाङको पनि सोहि स्थानमा सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *