Home / Nepal / News / नेपाल आयल निगमलेदियो तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी

नेपाल आयल निगमलेदियो तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी

काठमाडौं : नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिएको छ। आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएपछी निगमले संस्थापक सामाजिक उत्तरदायित्व अन्तर्गत क्षमता र योग्यताको आधारमा रोजगारी दिइएको हो।

एसिड आक्रमणमा परेका ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई निगममले सहायक स्तरमा करारमा नियुक्त गरेको हो। दुवै जनालाई गत पुस १६ गतेदेखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको थियो।

निगम सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व कोषबाट उनीहरुको तलब भत्ता ब्यहोर्ने गरी १ वर्षको नियुक्ति दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *