Home / Nepal / News / सार्क मुलुकमा नेपाल पीसीआर परीक्षणमा सबैभन्दा अगाडि

सार्क मुलुकमा नेपाल पीसीआर परीक्षणमा सबैभन्दा अगाडि

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । 

प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ । 

सुरुमा एक ठाउँबाट गरिएको पीसीआर परीक्षण अहिले  देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ ।

नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलंकामा पाँच हजार ३५९ र अफगानिस्थानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ । 

नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर परीक्षण गरिएको छ भने विगत २४ घण्टामा चार हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

नेपालमा कूल १६ हजार ४२३ जना सङ्क्रमित भएका छन् । तीमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेको उनले बताए ।

प्रवक्ता डा गौतमका अनुसार सार्क मुलुकमध्ये नेपालमो कोभिड–१९ का कारण प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणले ३५ जनाको मृत्यु भएको छ । यस्तै कोभिड–१९ का कारण प्रति दश लाखमा अफगानिस्तानमा २४, बङ्गलादेशमा १३, श्रीलङ्कामा ०.५, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा चार हजार ६९६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ । – रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *