Home / Nepal / १९ वर्षे युवामा देखियो कोरोना संक्रमण

१९ वर्षे युवामा देखियो कोरोना संक्रमण

नवलपरासी । भारतसंग सिमा जोडिएको पूर्वी नवलपरासीमा विहिबार एक पुरुषमा कोभिड १९ संक्रमण देखा परेको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ पुगेको हो । संक्रमित युवाको स्वाव परीक्षण भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको थियो ।

संक्रमित देवचुली नगरपालिका १ का १९ वर्षीय युवा रहेको कोरोना विशेष अस्थाई अस्पताल भरतपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार संक्रमति युवा भारतको हरिद्धारबाट आएकाहुन् ।

हरिद्धारबाट जेठ ८ गते हिडेका युवा गौरीफन्टा नाकाहुदै नेपाल प्रवेश गरी १० गतेबाट नगरकै क्वारेन्टाईनमा बसेका थिए । सामान्य स्वास्थ्य अवस्था रहेका युवालाई जिल्ला स्वास्थ्य कार्यालयले उपचारार्थ कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेशनमा राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *