काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दी इयर’ अवार्ड प्राप्त गरेको छ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो।
महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो।
महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो। यस्तै महिला टिमले १३औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो।





