Home / Nepal / News / नारायणगढ-मुग्लिन सडक खन्ड एकतर्फी सन्चालनमा

नारायणगढ-मुग्लिन सडक खन्ड एकतर्फी सन्चालनमा

चितवन: नारायणगढ-मुग्लिन सडक खण्ड अन्तरगत चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजेबाट सडक एकतर्फीरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिहान ८ः १० बजे नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको जनाइएको छ। उक्त पहिरो इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा खसेको हो। रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *