Home / Politics / मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाएर निर्वाचनका लागि अघि बढौं -ओलि

मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाएर निर्वाचनका लागि अघि बढौं -ओलि

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने बताएका छन्। विपक्षीले अमर्यादित, अलोकतान्त्रिक र कीर्ते हस्ताक्षरका कारण मुलुक मध्यावधि निर्वाचनमा गएको बताए।

प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे।

संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दाबी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुबै पक्षको दाबी अस्वीकार गरेको उनको धारणा छ।

नेकपा (एमाले) का अध्यक्ष ओलीले निर्वाचन अगाडि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने सरकारको प्रयास हुने पनि बताए। उनले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिए।

एक प्रश्नका उनले पार्टीमा रहेर सरकारविरूद्ध साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने बताए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *