मलंगवा: सर्लाही जिल्लाको मलंगवा नगरपालिका -६ खुटौनामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।
हत्याको अभियोगमा सोहि ठाउँ बस्ने ३६ वर्षीय बिनोद पासवान पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
उनले आफ्नो छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेका हुन।
घटनाको खबर पाए लगत्तै प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ।






