Home / Nepal / News / सोलुखुम्बुमा खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

सोलुखुम्बुमा खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी मंगलबार दिउँसो खोलामा बेपत्ता भएका छन्।

सोलुदूधकुण्ड नगरपालि वडा नम्बर–२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार सोही नगरपालिकाको वडा नम्बर–८, केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको छ।
शेर्पाको मोटरसाइकल भेटिए पनि ऊनी अझैसम्म बेपत्ता छन् । उनको खोजीका लागि ठूलो संख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *